१२ असार, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–३, सिपालीमा प्रहरीले गोली चलाएको छ ।
बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको थियो । त्यसक्रममा गोली चलेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले अनलाइनखबरलाई बताए ।
उनले भने, ‘बाटोमा बम जस्तो देखिने वस्तु पनि राखेको भनिएको छ । विस्तृत जानकारी आइसकेको छैन ।’
एसपी पौडेल भन्छन् – बम राखेर बाटो छेके
काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले घटनामा पाँच जना घाइते भएको बताएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
‘लुटेरा समूहको कुटपिटबाट उनीहरु घाइते भएका हुन्’, पौडेलले अनलाइनखबरसँग भने, ‘प्रहरीलाई छेक्न बाटोमा बम राखिएको रहेछ, त्यसैले उनी समातिएनन् ।’
मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको उनको भनाइ छ । खोजी कार्य थालिएको पौडेलले बताए ।
source https://www.onlinekhabar.com/2020/06/876472
0 Comments