नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका केही स्टार किड्सको निरन्तर आलोचना भैरहेको छ । बलिउडमा ‘नेपोटिज्म र ग्रुपिज्म’लाई प्रोत्साहित गर्नमा केही स्टारका छोराछोरीको हात रहेको भन्दै आलोचना पनि भैरहेको छ ।
नायिकाहरु आलिया भट्ट, करिना कपुर, अनन्या पाण्डेका साथै निर्माता करण जोहरको समुहले यो फोहोरी खेल खेल्ने गरेको आरोप फ्यानहरुले लगाएका छन् । यहीकारणले पनि, सामाजिक संजाल इन्स्टाग्राममा उनीहरुलाई अनफलो गर्ने क्रम चलेको मात्र छैन, प्रतिक्रिया पनि गाली देख्न सकिन्छ ।
अत्याधिक मात्र नराम्रा प्रतिक्रिया आउन थालेपछि यी कलाकारले इन्स्टाग्राममा कमेन्ट नै गर्न नमिल्ने बनाएका छन् ।
नायिका आलिया भट्टले नायक सुशान्त सिंह राजपुतको निधनपछि श्रद्धाञ्जली व्यक्त गर्दै इन्स्टाग्राममा उनको फोटो पोष्ट गरेकी थिइन् । उक्त पोष्टमा अत्याधिक गाली आएपछि आलियाले सबै प्रतिक्रिया हटाएकी छिन् ।
यस्तै, करिना, अनन्या, करण लगायतले पनि कमेन्ट गर्नै नमिल्ने बनाएका छन् । नायिका सोनाक्षी सिन्हाले त ट्विटरबाट बिदा लिने निर्णय गरिसकेकी छिन् ।
बिहारमा नायक सलमान खान, करण जोहर, एकता कपुर लगायतका कलाकारविरुद्ध निरन्तर आन्दोलन पनि भैरहेको छ ।
source https://www.onlinekhabar.com/2020/06/876156
0 Comments