Looking For Anything Specific?

Header Ads

जुम्लामा १८ जना कोरोना संक्रमित निको भएर घर फर्किए

२८ जेठ, सुर्खेत । जुम्लामा १८ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियूमा उपचार गराइरहेका १८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू मंगलबार डिस्चार्ज भएका हुन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार कोरोना जितेर फर्कनेहरुमा जुम्ला सिंजा गाउँपालिकाका ६ जना, हिमा गाउँपालिकाका ४ जना, जुम्लामा कार्यरत ५ जना सुरक्षाकर्मी र ३ जना स्वास्थ्यकर्मी रहेका छन् ।

कोरोनाको संक्रमण देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका उनीहरुको पछिल्लो पटक गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि प्रतिष्ठानले उनीहरुलाई घर फर्काएको हो ।



source https://www.onlinekhabar.com/2020/06/871861

Post a Comment

0 Comments