Looking For Anything Specific?

Header Ads

ललितपुरमा युवक मृत भेटिए, हत्याको आशंका

२८ जेठ, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक जना युवक मृत भेटिएका छन् ।

फ्रेस हाउस सञ्चालन गरिरहेका २५ वर्षीय अमित शाही मृत भेटिएका हुन् ।

गएराति २ बजे गम्भिर अवस्था भएकै वेला खबर पाएपछि प्रहरी परिचालित भएको थियो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

हाल अपराधस्थलमा रहेका ललितपुर प्रहरीका एसपी तुलबहादुर कार्कीले घटनास्थलबाट मासु काट्ने हतियार बरामद गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘घरकै कम्पाउण्डमा भएको घटना हो, हामी अनुसन्धान गरिरहेका छौं ।’

मृतकको घाँटी र हातमा चोट छ । त्यो चोट बरामद हतियारकै हो/होइन भन्ने परीक्षणपछि मात्रै खुल्ने प्रहरी अधिकृतहरु बताउँछन् ।

शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । हालसम्म घटनामा कोही पनि पक्राउ परेका छैनन् ।



source https://www.onlinekhabar.com/2020/06/871853

Post a Comment

0 Comments