Looking For Anything Specific?

Header Ads

वर्षा र संजोगको माया

नायिका वर्षा राउत विवादमा परेपछि नायक संजोग कोइरालाले एक भिडियो सार्वजनिक गरे । आफ्नो युटुब च्यानलबाट सार्वजनिक भिडियोमा संजोगले वर्षाले गलत बोलेको त बताए नै, साथमा वर्षाका लागि तथानाम गालीगलौज गर्नेहरुलाई पनि राम्रैसँग जवाफ दिए ।

डेढ बर्ष अगाडि एकसाथ अगाडि बढ्ने निर्णय गर्दै अगाडि बढेको यो जोडी चलचित्र क्षेत्रमै उदाहरणीय मानिन्छ । वर्षा र संजोगको प्रेम करिब ७ बर्ष चलेको थियो ।

वर्षा सर्वाधिक विवादित बनिरहँदा नायक संजोग कोइरालाले उनलाई सम्हाले । हुनत, यो समयमा वर्षालाई साथ दिने र भरोसा दिने उनका आफन्त, साथी र फ्यानहरु पनि थिए । तर, संजोगको साथ उनका लागि अझै प्रिय थियो ।

यसैले, घटनालाई विस्तारै विर्सदै मुस्कुराउन थालेकी वर्षा लेख्छिन्–‘एउटै साहारा, तिम्रो मायाको ।’ संजोगको हात समाउँदै मुस्कुराएकी वर्षाको तस्वीर र उनको भावनाले पनि के वुझिन्छ भने, जतीसुकै कठोर परिस्थितीमा पनि संजोगको साथले उनलाई हिम्मत दिएको छ ।



source https://www.onlinekhabar.com/2020/06/870521

Post a Comment

0 Comments