Looking For Anything Specific?

Header Ads

चितवनको भरतपुर अस्पतालमा एक युवकको मृत्यु

२४ जेठ, भरतपुर । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिका ६ कल्याणपुरका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

उनी भारतबाट ११ दिन अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ ।



source https://www.onlinekhabar.com/2020/06/870801

Post a Comment

0 Comments