लक डाउनको समयमा सामाजिक संजालमा लेखेका विभिन्न स्टाटसका कारण नायिका करिश्मा मानन्धर चर्चामा रहन्छिन् । करिश्मा आफू भावूक भएका कारण पनि विवादमा आउने गरेको तर्क गर्छिन् ।
उनै, नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर लक डाउनका कारण घरमै रमाइरहेकी छिन् । लक डाउन पुर्ण पालना गरेको भन्दै कवितासँग करिश्मा पनि खुशी देखिएकी छिन् ।
लक डाउनको समयमा कविता र नायिका परमिता आर एल राणाको दिनचर्या पनि गज्जबले बितिरहेको छ ।
करिश्मा र कविता स्कुल पढ्दादेखिकै साथी हुन् । बुढानिलकण्ठका यी दुई जना लक डाउनको समयमा एक अर्कासँग समय बिताइरहेका छन् ।
परमिताले कवितासँगको तस्वीर शेयर गरेकी छिन् । कविता अमेरिकामा रहँदै आएकाले पनि आफ्नो बाल्यकालदेखिको साथीसँग परमिताले समय बिताउन नपाएको प्रष्ट छ । तर, लक डाउनले यी दुइलाई यो गज्जबको समय भने दिएको छ ।
source https://www.onlinekhabar.com/2020/06/871192
0 Comments