Looking For Anything Specific?

Header Ads

बोर्ड अध्यक्षका चुनौती र फिल्मीकर्मीको आशा

हुनत, चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्ती हुने चलचित्रकर्मीलाई वधाइको ओइरो नै लाग्छ । बधाइको ओइरो यसअर्थमा लाग्छ कि, उनले चलचित्र क्षेत्रका लागि केही न केही नयाँ काम गर्नेछन् भन्ने आशा चलचित्रकर्मीमा देखिन्छ ।

तर, कार्यकाल सम्हाल्दै गएपछि उनीबाट देखिएका चलचित्रकर्मीका आशा निराशामा बदलिन्छन् । यसपछि, बोर्ड अध्यक्ष जसोतसो २ बर्षे कार्यकाल सक्छन् र बोर्डबाट बाहिरिन्छन् ।

चलचित्र विकास बोर्डमा जाने अध्यक्षबाट चलचित्र क्षेत्रले उल्लेख्य काम आजसम्म पाएको छैन । सूचना, संचार तथा प्रविधि मन्त्रालयबाट नियन्त्रित हुने भएकाले पनि बोर्ड अध्यक्षले खुलेरै काम गर्न नसकेको हुनसक्छ । यसैले पनि चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्ने माग उठ्दै आएको छ ।

यो पनि पढ्नुहोस विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल नियुक्त

नेपाल सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाललाई नियुक्त गरेको छ । बोर्ड अध्यक्षमा नियुक्त भएसँगै दयरामलाई वधाइको ओइरो लागिरहेको छ । सामाजिक संजालमा वधाई दिदै गर्दा चलचित्रकर्मीहरुले उनीबाट ठूलो अपेक्षा गरेका छन् । यस्तै, अपेक्षा यसअघि बोर्डमा पुगेका निर्माता केशव भट्टराइमाथि पनि थियो ।

तर, दयारामले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निकै नै चुनौतीपूर्ण समयमा सम्हालेका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष पद सम्हाल्दै गर्दा उनले पुराना लोकप्रिय नाराहरुलाई मात्र घन्काउने छुट छैन । यसअघिका बोर्ड अध्यक्षहरुले घन्काउँदै आएको बक्स अफिसको नारा मात्र घन्काएर बस्ने छुट उनलाई पक्कै छैन ।

किनकी, कोरोना सन्त्रासका कारण चलचित्रकर्मीहरु समस्यामा छन् । चलचित्र क्षेत्रका हरेक विधामा काम गर्ने चलचित्रकर्मीहरुसँग समस्यामा मात्रै छन् ।

हल संचालकहरु सरकारले नहेरेको गुनासो गर्दैछन्, निर्माताहरु तत्कालिन राहतको माग गरिरहेका छन् । चलचित्र प्राविधिकहरु १ बर्षसम्म प्राविधिकलाई सरकारले हेर्नुपर्ने माग गर्दैछन् । चलचित्र कलाकार संघ नयाँ भवन बन्न लागेकोमा खुशी छ । चलचित्र क्षेत्रमा सुखद वातावरण छैन ।

नेपाली चलचित्र क्षेत्रमा लामो अनुभव बटुलेका यी अनुभवी निर्देशकसँग विकास बोर्डको सदस्य पदमा रहेर काम गरिसकेको अनुभव पनि छ । यसैले, उनले तत्काल केही योजनाहरु अगाडि सार्न सक्नेछन् ।

केही दिन अगाडि उनले एक टेलिभिजनमा दिएको अन्र्तवार्तामा भनेका छन्–‘मैले, चलचित्र क्षेत्रमा लागेर करोडौ कमाउन सक्थेँ । तर, म पैसाको पछि लागिन । विकास बोर्डमा मैले पाउने तलव बाहेक अरु पैसा कमाएछु भने सबैको अगाडि आत्महत्या गर्छु ।’

आशा गरौ, नयाँ बोर्ड अध्यक्षले गरेको वाचा पुरा गर्नेछन् र यो संकटको घडीबाट चलचित्र क्षेत्रलाई पार लगाउनेछन् । नयाँ बोर्ड अध्यक्ष दाहाललाई शुभकामना ।



source https://www.onlinekhabar.com/2020/06/870502

Post a Comment

0 Comments