Looking For Anything Specific?

Header Ads

क्वारेन्टिन बस्नेलाई भूमिहीनको उपहार दुना टपरी र तरकारी

२४ जेठ, घोराही । दाङको गढवा गाउँपालिका वडा नं. ५ स्थित चैनपुर विद्यालयको क्वारेन्टिनलाई भूमिहीनहरुले दुना टपरी सहयोग गरेका छन् ।

गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा सहयोग पुगोस् भनेर सोही पालिकाका भूमिहीनहरुले २ हजार ४ सय १० टपरी र ८ सय दुना निःशुल्क सहयोग गरेका हुन् ।

गाउँ भूमि अधिकार मञ्च गढवाका अध्यक्ष विष्णु चौधरीले भने, ‘यो कठिन समय हो । त्यसैले जसले जे सक्छ आफ्नो स्थानबाट त्यही सहयोग गर्नुपर्छ भन्ने लागेर हामीले दुना टपरी सहयोग गर्यौं ।’

भूमिहीनहरूले तरकारी पनि अहिले सस्तो मूल्यमा क्वारेन्टिनमा दिने गरेका छन्

चैनपुर क्वारेन्टिनमा ७२ जना छन् । दुना टपरी एक चोटी प्रयोग गरेर फ्याँकिने भएकाले संक्रमणको खतरा समेत कम हुने विश्वास छ । गढवा गाउँपालिकामा हालसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जेठ ११ गतेबाट संचालनमा आएको चैनपुर क्वारेन्टिनमा हाल खाद्यन्न अभाव भइरहेको छ । बजेट कम भएकाले खाद्यान्न जोहो गर्न मुश्किल भएको कुरा सार्वजनिक भएपछि भूमिहीनले लोखरपुर र प्रसियाको जग्गामा उत्पादन गरेको तरकारी पनि अहिले सस्तो मूल्यमा क्वारेन्टिनमा दिने गरेका छन् ।

भूमि कृषि अभियानका परिचालक तथा क्वारेन्टिन व्यवस्थापन समितिका सदस्य सुनिलकुमार चौधरी भन्छन्, ‘क्वारेन्टिन सुरुवात भएको पहिलो हप्ताबाट नै खाद्यान्न जोहो गर्न समस्या भइरहेको थियो । क्वारेन्टिनमा तरकारी नहुने, उता किसानको तरकारी नबिक्ने समस्या भएकोमा हाल गाउँपालिकाले किसानबाट तरकारी खरिद गरी उपलव्ध गराएको छ ।



source https://www.onlinekhabar.com/2020/06/870784

Post a Comment

0 Comments