Looking For Anything Specific?

Header Ads

कालिकोटमा आरडीटी परीक्षण गरेर १४३ जनालाई घर पठाइयो

२८ जेठ, सुर्खेत । कालिकोटको पलाँता गाउँपालिकाका विभिन्न क्वारेन्टिनबाट १४३ जनालाई आरडीटी परीक्षण मात्र गरेर घर पठाइएको छ ।

पलाँता गाउँपालिका स्वास्थ्य शाखाले गाउँपालिकाका दुईवटा बस्दै आएका १ सय ४३ जनाको आरडीटी परीक्षण मात्र गरेर घर पठाएको हो ।

भारत तथा नेपालका विभिन्न ठाउँबाट आएका करिब तीन हप्तादेखि गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख हिमाल संज्यालले जानकारी दिए ।

उनीहरुलाई एक साता होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको गाउँपालिका अध्यक्ष लक्षणबहादुर बमले बताए । जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको रोहबरमा घर पठाइएको अध्यक्ष बमको भनाइ छ ।



source https://www.onlinekhabar.com/2020/06/871863

Post a Comment

0 Comments