लक डाउनका कारण मानिसहरु तनावमा छन् । २ महिना भन्दा लामो समयदेखि घरमै रहँदा पक्कै पनि मानिसहरुलाई आनन्द र शान्त ठाउँको खोजी हुनु स्वभाविक नै हो ।
अझ, चलचित्रको पर्दामा दैनिक रमाउने र काममा व्यस्त हुने कलाकारहरुका लागि त लक डाउनले उकुसमुकुस बनाउनु स्वभाविक नै हो ।
सामाजिक संजालमा कलाकारले दर्शकलाई आनन्द प्राप्त गर्ने उपाय त शेयर गरिरहेका छन् । तर, उनीहरु आफैलाई पनि शान्त र आनन्द प्राप्त हुने स्थानको खोजी भैरहेको छ ।
नायिका स्वस्तिमा खड्काले हालै एक तस्वीर शेयर गर्दै ‘शान्ती’ लेखेकी छिन् । स्वस्तिमाले पनि लक डाउनका कारण उकुसमुकुस भएको बताउँदै आएकी थिइन् । स्विमिङ पूलमा रमाउँदै गरेको यो तस्वीर लक डाउनकै समयको हो या, पहिलेको हो उनले खुलाएकी छैनन् । तर, जेठ महिना सकिदै गर्दा बढ्दै गएको गर्मीका कारण पनि स्विमिङ पूलमा रमाउने चाहना धेरैको हुन्छ ।
कलाकारहरुले सामाजिक संजालमा तस्वीर शेयर गर्दै स्विमिङ पूल मिस गरिरहेको बताएका छन् ।
source https://www.onlinekhabar.com/2020/06/871202
0 Comments