Looking For Anything Specific?

Header Ads

पूर्व मुख्य सचिव पौडेल गृहजिल्लामा धान रोप्न व्यस्त

११ असार, गुल्मी । पूर्व मुख्य सचिव तथा चीनका लागि नेपाली पूर्वराजदूत लिलामणी पौडेल गृहजिल्ला गुल्मीमा धान रोप्न व्यस्त छन् । पौडेलको घर रुरु क्षेत्र गााउँपालिका वडा नम्बर–५ को बम्घामा पर्दछ । पौडेलले आफ्नै खेत घीउबेसीमा पुगेर धान रोपाइँ गरे ।

जागिरे अवधीमा पनि गृह जिल्ला आएको बेलामा समेत कृषि क्षेत्रसँग नजिक रहेर काम गर्ने गरेको उनले सुनाए ।

केपी ओली नेतृत्वको वर्तमान सरकारले चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता बोलाएर डा. महेन्द्रबहादुर पाण्डेलाई राजदूत बनाएको छ ।  पौडेल गृहजिल्ला गुल्मी आएको ५ हप्ताभन्दा धेरै भइसकेको छ । यो अबधीमा कृषि कर्मका काममा व्यस्त भएको उनले बताए । उनले आफ्नो दैनिकी खेतमै बितिरहेको बताए ।

पौडेल गृहजिल्लाका क्वारेन्टिनमा पुगेर मनोसामाजिक परामर्श पनि दिने गरेका छन् । रुरु क्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकाका १४ वटा क्वारेन्टिनमा पुगेर मनोसामाजिक परामर्श अन्तर्गत डर त्रास, चिन्ता, तनावको अत्य कसरी गर्ने भन्ने विषयमा परामर्श दिएको उनले उनले बताए ।



source https://www.onlinekhabar.com/2020/06/876116

Post a Comment

0 Comments