Looking For Anything Specific?

Header Ads

मौसम परिवर्तनले कोरोना भाइरसलाई असर गर्छ भन्नु गलत : डब्ल्यूएचओ

२९ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको फैलावटमा असर गर्छ भन्ने प्रमाण नभएको बताएको छ ।

डब्ल्यूएचओको आपतकालीन कार्यक्रम प्रमुख माइक रयानले भनेका छन्, ‘मौसम परिवर्तन वा तापक्रम वृद्धि यस भाइरसको जवाफ हो भन्ने कुरामा विश्वास गरेर हामी बस्न सक्दैनौं ।’

उनले थपे, ‘मौसम परिवर्तनबाट यो भाइरस खतरनाक हुने वा तीव्र गतिले फैलिने वा नफैलिने त्यस्तो कुनै तथ्यांक अहिलेसम्म हामीसँग छैन ।’

महामारीको सुरुवातमा गर्मी सुरु भएपछि कोरोना भाइरसको संक्रमण कम हुने चर्चा चलेको थियो । तर हालसम्म भाइरसको प्रकृति हेर्दा र संक्रमण दर हेर्दा त्यो कुरा सत्य नभएको देखिएको छ ।

डब्ल्यूएचओको आपतकालीन कार्यक्रमका प्रमुख रयानले कुनै देशमा स्वास्थ्य सुविधाको स्थिति निकै खराब रहेको र त्यहाँको अवस्था चिन्ताजनक रहेको पनि बताए ।



source https://www.onlinekhabar.com/2020/06/872140

Post a Comment

0 Comments