Looking For Anything Specific?

Header Ads

ड्यारियन ग्याप घुम्न जाँदा

पछिल्लो समय तल्लो बाटो भएर अमेरिका जाने नेपालीको लहर चलेको छ। खासगरी रुकुम, दाङ, पर्वत लगायत जिल्लाका युवा गाउँ नै खाली हुने गरी अमेरिका लगायत विकसित देश भासिन थालेका छन्। बाउबाजेले आर्जेको गैरी खेत बेचेर, जहान परिवारलाई अलपत्र पारेर र आफ्नो ज्यानै माया मारेर सपनाको देश जाने क्रम दिनानुदिन बढिरहेको छ, घट्ने छाँटकाँट छैन।

यसरी तल्लो बाटो भएर अमेरिका जाँदा धेरै आप्रवासीले ड्यारियन ग्याप हिंडेरै पार गर्नुपर्ने हुँदोरहेछ। ६ देखि १० दिनसम्म लाग्ने यो जंगलको पैदल यात्रा संसारमै सबैभन्दा कठिन र खतरनाक मानिंदो रहेछ। मलाई भने कामको सिलसिलामा त्यहाँ घुम्न जाने अवसर प्राप्त भयो। मैले जेजति देखें र अनुभव गरें, त्यसबाट सहजै अनुमान गर्न सकिन्थ्यो कि त्यो यात्रा कति जोखिमपूर्ण छ भनेर।

मेरो यात्राले मलाई पहिले पनामा र कोस्टारिका अनि अन्त्यमा कोलम्बियाको ड्यारियन ग्याप लगिरहेको थियो। दुई हप्ता अगाडिदेखि नै यो अविस्मरणीय यात्रामा जाने तयारी गर्न थालें। ड्यारियन जंगलमा खतरनाक वन्यजन्तु र विषालु कीरा-फट्यांग्रा मात्र हैन- लुटपाट, अपहरण र ज्यानै समेत जाने सम्भावना छ भन्ने सुनेकोले डर पनि लागिरहेको थियो। खतरा छ भन्ने जान्दाजान्दै पनि मनले ‘जा, तँलाई केही हुँदैन’ भन्यो।

सुरक्षाको कारणले टिलिक्क परेर र सुटकेस बोकेर जाने स्थिति थिएन। फुलेको दाह्रीजुँगा नकाटी झुत्रेमुत्रे हुन खोजें। परिवारका सदस्यहरूले ‘हैन त्यो दाह्री किन पालेको ! कस्तो बुढो देखियो’ भनेर गाली पनि गरे। भएभरका थोत्रे लुगाफाटा बटुलेर एउटा ब्याकप्याकमा हालें। यति थोरै सामान बोकेर तीन देशको नौ दिने यात्रामा हिंडेको यो मेरो पहिलो अनुभव थियो।

पहिले पानामा र कोस्टारिका घुमेर अन्त्यमा ड्यारियन ग्याप जाने क्रममा म पनामाको राजधानी बोगोटाको एल डोराडो अन्तर्राष्ट्रिय विमानस्थल पुगें र त्यहाँ केहीबेर अडेर करिब १ घण्टाको आन्तरिक उडान लिएर अपारतादो भन्ने शहरमा पुगें। त्यहाँ पुग्दा अँध्यारो भइसकेको थियो। आईबीआईएस भन्ने होटलमा चेकइन गरेर सुतें।

यहाँ घुम्न मसँग दुई दिन मात्र छ। त्यसमा पनि दोस्रो दिनको बेलुका बोगोटा फर्किनु छ। भोलिपल्ट बिहानै उठेर ट्याक्सी लिएर टर्बो भन्ने बजार पुगें। मलाई मेरो अनुसन्धानको क्रममा इन्सेनाडा डी रिओ नेग्रो नामक संरक्षण क्षेत्रमा भएको मेंग्रोव जंगल हेर्नु थियो। लोकल गाइडको सहायताले टर्बोबाट एउटा प्राइभेट डुंगा लिएर त्यतातिर लागें।

डुंगा चालक, गाइड र म बिहानभरि मेंग्रोव वन चहारेर लन्च खान नेकोक्ली भन्ने शहरमा गयौं। मेंग्रोव हेर्न गए पनि त्यो शहर टेक्नासाथ आप्रवासीहरूको ताँती देखेर मेरो ध्यान त्यतातिर आकर्षित भयो। यहाँ त हजारौंको संख्यामा आप्रवासीहरू अस्थायी टेन्टमा बसिरहेका रहेछन्। उनीहरू मुख्यतया दक्षिण अमेरिकी मुलुक हैटी, भेनेजुएला, चिली र ब्राजिलका मानिसहरू रहेछन्।

त्यो बाहेक अर्कै महादेशबाट आएका मानिसहरू पनि रहेछन्। कोही अफ्रिकन देशहरू जस्तै- माली, घाना र टोगोबाट आएका रहेछन् भने कोही एसिया त्यसमा पनि खासगरी चीन, भारत, नेपाल, बंगलादेश र पाकिस्तानबाट आएका रहेछन्।

उनीहरू त्यहाँ ‘फेरी’ चढेर अर्को शहर अकान्डी जान पालो पर्खिरहेका रहेछन्। दिनमा दुई वटा मात्र फेरी चल्ने हुनाले उनीहरूले त्यहाँ महिना दिनसम्म पनि कुर्नुपर्ने रहेछ। मोटर बाटो रहेनछ। समुद्री तटमा अवस्थित यो सानो शहर।

समुद्रको नीलो पानी र समुद्री तटमा सेतो बालुवाका साथै मन्द गतिमा चलेको हावा। सानो धुले सडक र बालुवाको बीचमा नरिवलका बोटहरू एक लाइन रोपिएका छन्। सरसर्ती चलेको हावाले नरिवलका पातहरू हल्लिरहेका छन् आफ्नै तालमा। एउटा नरिवलको बोटमुनि दुई वटा पुराना डुंगाहरू उल्टाएर फालिएका छन्।

ठाउँ-ठाउँमा प्लास्टिकका ठूल्ठूला पिउने पानीका ट्यांकीहरू राखिएका रहेछन् आप्रवासीहरूका लागि। एक-दुई ठाउँमा रेडक्रस लगायतका स्वय‌ंसेवक छन्। उता नुनिलो सफा पानीमा केटाकेटीदेखि बूढापाकासम्म डुबुल्की मारिरहेका छन्। पानी र बालुवामा रमाउने आप्रवासीहरूको हुलमा केही टुरिस्ट पनि छन्।

समुद्रमा फाट्टफुट्ट डुंगाहरू चलिरहेका छन्। एक-दुई वटा पार्क गरेका डुंगा पानीमा तैरिरहेका छन्। पैसा खर्च गरेर आनन्द लिन आउने टुरिस्टले त आनन्द लिएका होलान् तर मनमा पीडा बोकेका ती आप्रवासीहरू त के रमाए होलान् भन्ठानें। केटाकेटीहरू भने बिन्दास रमाइरहेका जस्तो देखिन्थे।

त्यही हजारौं मान्छेहरूको हुलको बीच दुई वटा कालो प्लास्टिकको सानो टेन्टमा बसेका रहेछन् १० जना नेपाली। उनीहरूसँग छोटो कुराकानी भयो। यो शहरमा बसुन्जेल यही टेन्ट उनीहरूको सानो घर रहेछ। दुईतिर काठको टेको लगाएको छ। दुवैतर्फबाट टेन्टभित्र छिर्न मिल्छ। चप्पल बाहिरै खोलेर टेन्टभित्र जानुपर्ने रहेछ। त्यति गर्दागर्दै पनि बालुवा टेन्टभित्र छिरिसकेको रहेछ।

घाम झुल्किनु अगावै क्याली भन्ने ठाउँमा पुग्यौं हामी। हो, यहींबाट ‘नर्कको यात्रा’ सुरु हुन्छ मेरो गाइडले भने अनुसार।

‘अब हामीलाई यहाँ धेरै दिन कुर्नु छैन। केही दिनमै हामी ड्यारियन जंगलको यात्रा सुरु गर्दैछौं। यो खतरनाक यात्रा छ। ५ देखि १० दिनसम्म लाग्न सक्छ रे ! हामी यो जंगलको यात्रा गर्ने स्थानमा पुगिसकेका छैनौं’, रुकुमका वीरबहादुरले भने। उनीहरूको अहिलेसम्मको कथा नै लामो र पीडादायी थियो। पाउनुसम्म दु:ख पाइसकेका रहेछन्। सबै जना अलिक आत्तिएको जस्तो लाग्यो मलाई। उनीहरूले अझै ५ हजार ५०० किलोमिटर र आधा दर्जनभन्दा बढी देश पार गर्न बाँकी नै छ। ‘ल राम्रोसँग अमेरिका पुग्नुहोला है’ भनेर बिदा भएँ।

लन्च खाएर फेरि उही डुंगा लिएर समुद्रतिर लागें। मेरो डुंगा अकान्डी शहरको पियरमा गएर रोकियो। यो गल्फ अफ उराबाको उत्तरपूर्वी भागमा अवस्थित रहेछ। त्यो रात त्यहींको एक होटलमा बसें। यो शहरबाट ड्यारियन ग्यापको खतरनाक जंगल सुरु हुने गोरेटो बाटोको मुखसम्म पुग्न अझै १० किलोमिटरको यात्रा गर्नुपर्ने रहेछ। हो, म त्यही खतरनाक जंगलमा गएर २-४ घण्टा बिताएर अनुभव बटुल्न चाहन्थें। सबैभन्दा पहिले स्थानीय कार्टेलको स्वीकृति लिनुपर्दो रहेछ। नेकोक्लीसम्म कोलम्बियन पुलिस देखिएका थिए तर अकान्डी आएपछि सरकारको उपस्थिति रहँदै रहेनछ। मेरो गाइडले त्यो स्वीकृति लिए।

बाटो नभएकोले त्यो १० किमी पार गर्न मोटरसाइकल, घोडा वा घोडाले तान्ने बग्गी लिनुपर्ने रहेछ। मेरो गाइड र मैले मोटरसाइकल लिएर जाने सल्लाह गर्‍यौं। साधनको पैसा तिर्न नसक्ने आप्रवासीहरू पैदलै जाँदा रहेछन्।

डा. चन्द्र गिरी

ड्यारियन ग्यापलाई ग्याप भन्नुको कारण रहेछ। प्यान अमेरिकन हाइवे संयुक्त राज्य अमेरिकाको ‘पुर्ढो बे’ अलास्कादेखि ‘टिएरा डेल फुगो’ अर्जेन्टिनासम्म फैलिएको रहेछ। यो ३० हजार किलोमिटर लामो सडक संसारको सबैभन्दा लामो सडक भनेर चिनिंदो रहेछ। पनामा र कोलम्बियाको सीमावर्ती क्षेत्रमा करिब १०० किलोमिटर बाटो भने बन्न बाँकी रहेछ। उत्तरबाट पनामाको याभिजामा र दक्षिणबाट कोलम्बियाको टर्बोमा आएर बाटो टुंगिंदो रहेछ। त्यही बाटो नभएको जंगली क्षेत्रलाई ड्यारियन ग्याप भनिंदो रहेछ।

यो जंगलमा कच्ची बाटो पनि रहेनछ। विश्वमा कुनै पनि बाटो चाहे त्यो पक्की होस् वा कच्चीले नजोडिएका दुई छिमेकी देशहरू अन्त कतै रहेनछन्, यी दुई देशबाहेक।

बीचमा यति बाटो नबन्नुमा इन्जिनियरिङ र सामाजिक कारणहरू रहेछन्। इन्जिनियरिङ कारणमध्ये पहाडी भेग, अत्यधिक वर्षा, अस्थिर जमिन र सयौं खोलानाला रहेछन्। सामाजिक कारणमा रोगव्याधिले धेरै कामदार मर्ने समस्या र आदिवासी समूहको विरोध रहेछ। विगत केही वर्षमा भने पनामा सरकारले एउटा मुख्य इको-टुरिज्म क्षेत्रको रूपमा विकास गरिरहेको रहेछ। विकसित देशका टुरिस्ट घुम्न आउने ठाउँ रहेछ। उनीहरू चरा हेर्न, यहाँको जैविक विविधता अवलोकन गर्न, प्राकृतिक सुन्दरतामा रमाउन र आदिवासीहरूको जीवनशैली अनुभव गर्न आउने रहेछन्।

बिहान पाँच बजे नै मोटरसाइकलको पछाडि बसेर यो १० किलोमिटरको यात्रा सुरु गरें। अर्को मोटरसाइकलको पछाडि मेरो गाइड बसेका थिए।

अकान्डी छोड्नासाथ घाँसे मैदान आयो। अलि पर फाट्टफुट्ट घरहरू पनि देखिए। घाँसे मैदान काटेपछि खेतबारी आयो। सानो खोल्सो पनि तर्नुपर्ने रहेछ। एउटा घोडाले तानेको बग्गीलाई हामीले जितेर फटाफट अघि बढ्यौं। बग्गीको पछाडि काठको लामो बस्ने ठाउँ थियो। त्यहाँ केटाकेटी हुनेहरू र हिंड्न नसक्ने मान्छेहरू यात्रा गरिरहेका थिए।

घाम झुल्किनु अगावै क्याली भन्ने ठाउँमा पुग्यौं हामी। हो, यहींबाट ‘नर्कको यात्रा’ सुरु हुन्छ मेरो गाइडले भने अनुसार। क्यालीमा अझ बढी आप्रवासीहरू रहेछन्। यहाँ त मेला लागे जस्तै छ। जहाँतहीं रंगीविरंगी टेन्टहरू छन्। कुनै कुनै टेन्ट नजिकबाट आगोको धुवाँ आइरहेको छ। कोही बिहानको खाजा र बाटोको लागि खाना पकाइरहेका थिए।

आप्रवासीहरूलाई सहयोग गर्न तम्तयार स्वयंसेवक पनि प्रशस्तै रहेछन्। पैसा लिएर बाटो देखाइदिने, भारी बोकिदिने र बच्चाबच्ची बोकेर सहयोग गर्नेहरू अझ धेरै रहेछन्। यहाँ अर्को एक जना स्थानीय गाइड लियौं, जसलाई ‘कोयोटेज’ भनिंदो रहेछ। उनले जंगल जान सहयोग गर्ने भए। उनकै सल्लाहमा एक-एक वटा रबरको बुट र रेनकोट किन्यौं हामीले। केही खानेकुरा र पानी पनि बोक्यौं। अब हामी जंगलको छोटो यात्राको लागि तयार भइसकेका थियौं।

ती गाइड धेरै भाषा बोल्न सक्ने रहेछन्। ‘मैले तपाईंलाई तर्साउन खोजेको हैन- तैपनि साधारण जानकारी होस् भन्ने हेतुले यो छोटो जानकारी दिन लागेको हुँ’ भन्दै अंग्रेजीमा बोल्न थाले। उनले भने, ‘बाटोमा स्मग्लर र खतरनाक अपराधीहरू हुने गर्छन्। फार्कको पनि बिगबिगी छ। फार्क भनेको कोलम्बियाको क्रान्तिकारी सशस्त्र सेना-जनसेना एक मार्क्सवादी-लेनिनवादी छापामार समूह हो, जुन सन् १९६४ मा सुरु भएको थियो र अहिलेसम्म निरन्तर रूपमा कोलम्बियाली संघर्षमा संलग्न छ।

लामो लाइनको अगाडि भागमा एक जना गाइडले स्पेनिस गीत बजाइरहेका छन्। उनले गीत रोकेर निर्देशन दिन थाले मेगाफोनमा। ‘कृपया शान्त एवं धैर्य हुनुहोस्। जंगल पार गरिसक्दा यो लाइनको पहिलो मान्छे अन्तिम हुन सक्छ र अन्तिमको मान्छे पहिलो हुनसक्छ।

फार्क र अन्य छापामार आन्दोलनकारीहरूले कोलम्बियामा गरिबहरूको अधिकारका लागि उनीहरूलाई सरकारी हिंसाबाट जोगाउन र साम्यवाद मार्फत सामाजिक न्याय प्रदान गर्न लडिरहेको दाबी गर्छन्। त्यसैगरी गल्फ क्लान प्यारा मिलिटरी ग्रुप जो कोलम्बियाको सबैभन्दा ठूलो ड्रग कार्टेल हो, त्यो पनि यही बाटो भएर लागूपदार्थ ओसारपसार गर्छन्। उनीहरूबाट हामीलाई खासै खतरा नहुनुपर्ने हो।’

उनले थप्दै गए, ‘यो खतरनाक बाटो आपराधिक संगठनको लागि आश्रयस्थलको रूपमा परिचित छ। उनीहरू यही बाटोमा लुटपाट गर्न र यौन अपराध गर्न पर्खेर बसेका हुन्छन्। यात्रुहरूले गैरकानुनी गतिविधिमा संलग्न सशस्त्र समूह भेट्ने पक्का जस्तै छ। हिंसा, अपहरण र डकैतीको जोखिम सामना गर्नुपर्छ। तर, हामी केही घण्टा मात्र जाने हुनाले त्यस्तो केही नहोला भन्ठान्छु।’

अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ भने जस्तै एकपल्ट कोस्टारिकामा लुटिएको म अलि नर्भस वा आत्तिएको थिएँ। मुटुमा ढ्यांग्रो ठोक्न थालेको थियो। तर यता यो जंगल घुमेर हेर्ने उत्सुकता पनि थियो।

बिहानीको घामका किरणहरूले जीउमा स्पर्श गर्न थालेको थियो। टेन्टहरूको अन्त्यमा र गोरेटो बाटोको मुखैनिर एक हजारभन्दा बढी आप्रवासी लाइन लगेर बसेका छन्। सबै अमेरिका हिंडेका। त्योभन्दा पहिले उनीहरूले यो खतरनाक जंगल पार गर्नुपर्ने हुनाले सबै आत्तिएका छन्।

कुनै पनि कागजात नभएका मानिसलाई प्लेनमा यात्रा गर्न वञ्चित रहेछ। कागज नभएका आप्रवासीहरू हवाईजहाज चढेर पनामा पुगे तुरुन्तै कोलम्बिया फर्काइदिने रहेछन्। जंगलबाट गएकाहरूलाई भने फर्काउन असम्भव भएर होला- फर्काउनुको साटो सहयोग गर्ने रहेछन्। सडक छैन, समुद्रबाट जान सकिंदैन वा महँगो पर्छ।

त्यो लामो लाइनको अगाडि भागमा एक जना गाइडले स्पेनिस गीत बजाइरहेका छन्। उनले गीत रोकेर निर्देशन दिन थाले मेगाफोनमा। ‘कृपया शान्त एवं धैर्य हुनुहोस्। जंगल पार गरिसक्दा यो लाइनको पहिलो मान्छे अन्तिम हुन सक्छ र अन्तिमको मान्छे पहिलो हुनसक्छ। त्यसैले नआत्तिनुस्, नदौडिनुस्। दौडिए थाक्नुहुन्छ, झन् गाह्रो हुन्छ।’

बाटोमा कुनै चिकित्सा सुविधा, आवास वा खानाका लागि स्रोत छैनन्। यात्रुले खाना, पानी र प्राथमिक उपचार उपकरण सहित सबै आवश्यक आपूर्तिहरू बोक्नुपर्दोरहेछ, जुन कठिन भू-भागका कारण चुनौतीपूर्ण हुनेरहेछ। उकालो-ओरालो र खोलाको बाटोमा भारी बोकेर हिंड्न कठिन रहेछ। विस्तारै आफ्नै जीउ भारी भएपछि सामान फाल्दै जाने रहेछन्।

उनले स्पेनिस र अंग्रेजीमा पालैपालो बोल्दै थिए तर उनको कुरामा कसैले ध्यान दिएको थिएन। सबै जना अगाडि जान हतारिएका थिए। जब उनले हिंड्न सुरु गर्नुस् भने, अनि सबै हिंड्न थाले। मेरो स्थानीय गाइडले भने- उनीहरूलाई जान दिउँ अनि हामी जाउँ।

आप्रवासीहरू जंगल छिरेपछि हाम्रो यात्रा सुरु भयो। मेरो उद्देश्य करिब दुई घण्टा जंगलभित्र हिंड्ने र अर्को बाटो भएर फर्किने थियो। त्यही अनुसार तयारी भइसकेको थियो। गोरेटो बाटो हुँदै उकालो, ओरालो, खोलानाला पार गर्दै हिंड्न थाल्यौं हामी। कुनै पनि स्थापित सडक वा पूर्वाधार नभएकाले अलमलमा पर्न वा हराउन केहीबेर लाग्दैन रहेछ।

हामी हिंडेको केहीबेरमा नै भारी वर्षा सुरु भयो। रेनकोट त बोकेको थियो तर त्यसले के थेग्थ्यो र! लुथ्रुक्क भिजिसकेको थिएँ म। यहाँको मौसम द्रुत रूपमा परिवर्तन हुने रहेछ। फेरि एकैछिनमा टन्टलापुर घाम लाग्यो। वनजंगल र चराचुरुं‌गी हेरेर र त्यो बाटोको अनुभव लिनमा व्यस्त थिएँ म।

हामीले ढिलो हिंड्न सुरु गरे पनि केही आप्रवासी ढिलो हिंड्ने भएकोले हामीले उनीहरूलाई छोडेर अघि बढ्यौं। आफ्नो स्पिड अनुसार सानो-सानो समूह बनिसकेको रहेछ। छिटो हिंड्नेहरू धेरै अगाडि पुगिसकेका थिए। करिब १ घण्टाको बाटो हिंडेपछि एक जना मोटीमोटी महिलालाई सास फेर्न कठिनाइ भएर फर्किन भनिएछ। उनी भने फर्किन मानेकी थिइनन्।

अघि परेको वर्षाले होला, खोलामा बाढी आइसक्यो। मेरो गाइडले ‘खोला तर्नुहुँदैन खतरनाक हुन्छ। केहीछिनमा पानी त घट्ला तर हामीसँग समय कम भएकोले अर्को बाटो भएर फर्किउँ’ भने। मैले हुन्छ भनें। भाग्यवश हामीले भने कुनै फटाहा समूहलाई भेटेनौं। लुटपाटको समस्या झेल्नु परेन।

तीन जनामा कसैलाई चोटपटक पनि लागेन। समग्रमा यो छोटोमिठो यात्रा थियो। सोचेजस्तै चार घण्टामा नै फर्कियौं हामी। फर्केको बाटो चाहिं आप्रवासी हिंड्ने हैन, पर्यटक हिंड्ने नै रहेछ। क्याली आइपुग्दा आफू सुरक्षित भएको महसुस गरें।

यो छोटो यात्राबाट के थाहा भयो भने यो जंगल छिचोल्न साँच्चै नै गाह्रो रहेछ। उकालो र ओरालोबाहेक खोलाको बाटो हिंड्नुपर्ने रहेछ। खोलाको बाटो हिंड्दा धेरै पटक एउटै नदी बारम्बार तर्नुपर्ने रहेछ। एक-एक छिनमा पर्ने पानीले खोलामा बाढी आएर मान्छे बगाउने सम्भावना पनि उत्तिकै रहेछ। खोलाबाट उकालो बाटो जाँदा चिप्लो भएर लड्ने र घाइते हुने सम्भावना रहेछ। रूखका जरा समात्दै माथि उक्लिनुपर्ने रहेछ।

ठाउँ-ठाउँमा गजगज हिलो भएकोले रबरको बुटले पनि खासै काम नदिने रहेछ। बोकेको खाना र पानी कथम्‌ कदाचित सकियो भने कन्तबिजोग हुने रहेछ। बिरामी परे सबैले छोडेर जाने रहेछन्। ज‌ंगलमा अलपत्र मात्र पर्ने हैन, ज्यानै जाने रहेछ। वर्षेनि सयौं आप्रवासी मर्दा रहेछन् यो जंगलमा। यसरी मर्दा उनीहरूको घरपरिवारलाई कहिल्यै पनि जानकारी नहुन सक्ने रहेछ।

जैविक विविधताको लागि महत्वपूर्ण स्थल रहेछ यो जंगल। दुर्गम क्षेत्र भएकोले यहाँ जैविक विविधता फस्टाउन सक्ने सम्भावनाका कारण अत्यधिक ‘इन्डेमिजम’ रहेछ। पूर्ण जानकारी प्राप्त भइनसके पनि १७० खाले स्तनधारी जनावर, ५३३ खाले चरा, ९९ रेप्टाइल्स, ७८ एमफिबियन र ५० थरी माछा रहेछन्। मैले स्पाइडर बाँदर र धेरैखाले चराहरू देखें र आनन्दित भएँ। त्यसमध्येमा कोलम्बियाको राष्ट्रिय चरा ‘हार्पी इगल’ पनि थियो। भुइँदेखि सबैभन्दा अग्ला रूखहरूको टुप्पासम्म तला-तला भएर हुर्केका। भिन्न खाले बोटबिरुवाहरूले पनि जैविक विविधता बढाएको रहेछ। यस्तो घना जंगलमा हिंड्न निकै कठिन थियो।

क्यालीबाट फेरि मोटरसाइकलमा अकान्डी फर्किएँ। त्यहाँ पर्खिरहेको डुंगा चढेर टर्बो हुँदै एअरपोर्ट गएर कोलम्बियाको राजधानी बोगोटा फर्किएँ। यो छोटो, कठिन र ज्यादै खतरनाक यात्रा मेरो मानसपटलमा दिगो रूपमा बसिरहनेछ।

(गिरी अमेरिकी सरकारका उच्च अधिकृत र ड्युक विश्वविद्यालयका एड्जन्क्ट प्रोफेसर हुन्।)



source https://www.onlinekhabar.com/2023/12/1401790

Post a Comment

0 Comments