काठमाडौं । गुगलको भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म गुगल मीटमा लाइभ शेयरिङ फिचर थप गरिएको छ । यो फिचरले प्रयोगकर्तालाई गुगलमा मीटको भिडियो कन्फ्रेन्सिङमा जोडिएका सबै सहभागी अन्तरक्रिया गर्न तथा सामग्रीहरु शेयर गर्न सम्भव तुल्याएको छ ।
यसबाट प्रयोगकर्ताले भिडियो कन्फ्रेन्सिङका क्रममा युट्युब समेतको भिडियो स्ट्रिम गरी सबैलाई देखाउन सक्नेछन् ।
गुगलले अर्को प्लाटफर्म डुओमा उक्त फिचर गत वर्ष सुरुवात गरेको थियो । हाल डुओ र गुगल मीट मर्ज भएसँगै उक्त फिचर गुगल मीटमा सुरु गरिएको हो ।
गुगल मीटमा युट्युब भिडियो कसरी देखाउने त ?
यसका लागि तपाईंसँग एन्ड्रोइड डिभाइस हुनुपर्दछ भने युट्युब तथा गुगल मीट खोल्नका लागि आफ्नो व्यक्तिगत गुगल अकाउन्ट चाहिन्छ । गुगल मिटमा युट्युब लाइभ शेयरिङ गर्नका लागि युट्युबको प्रिमियम सदस्यता आवश्यक पर्दछ । तर शेयर गरिएको भिडियो चाहिँ सामान्य प्रयोगकर्ताले पनि देख्न सक्दछन् ।
गुगल मीटमा युट्युब भिडियो स्ट्रिम गर्नका लागि
- गुगल मीटमा जोडिएसँगै call controlled देखाउनका लागि स्क्रिनमा ट्याप गर्नुहोस्
- स्क्रिनको पिँधमा रहेको तीनवटा थोप्लायुक्त मेन्यूमा क्लिक गर्नुहोस् र Activities अप्सन छान्नुहोस्
- Activities मेन्यूमा रहेको युट्युब बटन थिच्नुहोस्
- आफूले लाइभ शेयर गर्न चाहेको भिडियो युट्युबमा छान्नुहोस्
- बालबालिकाका सामग्री भएका भिडियो तथा सशुल्क विज्ञापनका युट्युब भिडियो भने गुगल मीटमा लाइभ शेयरिङ गर्न सकिँदैन ।
- त्यसपछि लाइभ शेयर गर्ने भिडियोमा थिच्नुहोस्
- लाइभ शेयरिङ सुरु गर्ने सन्देश सहितको पप अप मेन्यूमा रहेका Start बटन थिच्नुहोस् ।
लाइभ शेयरिङ सुरु भएसँगै स्क्रिनको पिँधमा You are live sharing in Meet भन्ने लेखिएको हरियो बार देखा पर्दछ ।
योसँगै गुगल मीटमा रहेका अन्य सबै सहभागीले तपाईंले शेयर गरिरहेको भिडियो देख्न सक्दछन् । साथै मीटमा चलिरहेको उक्त भिडियोलाई जोकोही सहभागीले pause गर्न, rewind गर्न तथा forward गर्न सक्दछन् ।
युट्युब भिडियो शेयर भैरहेका बेला मेसेज तथा नोटिफिकेसनको पप अप नदेखिन सक्दछ । त्यसैले नोटिफिकेसन तथा मेसेज हेर्नका लागि गुगल मीटको एप हेरिरहनु पर्दछ ।
–एजेन्सी
source https://www.onlinekhabar.com/2022/10/1202690
0 Comments