Looking For Anything Specific?

Header Ads

नवलपुरमा पुलबाट खसेर साइकलयात्रीको मृत्यु

८ मङ्सिर, नवलपुर । पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मङ्गलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल साइकलसहित खोलामा खसेका थिए । उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।



source https://www.onlinekhabar.com/2021/11/1043207

Post a Comment

0 Comments