९ मंसिर, चितवन । नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन बारा जिल्लाबाट चितवन आएका सहभागीहरु नारायणी किनारमा बसिरहेका छन् ।
पाँचवटा गाडीमा आएका २ सय ५० प्रतिनिधि गैडाकोटको नारायणी नदी किनारामा बसिरहेका छन् । नदी छेउमै खाना पकाएका उनीहरुले आफू चढेर आएको बसमा सुत्ने बताए ।

पार्टीले सबैजनालाई खानाबस्नको व्यवस्था गर्न नसक्ने भएकाले आफ्नो व्यवस्था आफैं गरेको महाधिवेशन प्रतिनिधि सुरेश यादवले बताए ।
एमालेले भोलि शुक्रबार हुने महाधिवेशन उद्घाटन समारोहमा करिब ५ लाख जनसहभागिता जुटाउने जनाएको छ । त्यसकै लागि देशका विभिन्न स्थानबाट मानिसहरू चितवन आएका हुन् ।
source https://www.onlinekhabar.com/2021/11/1044194
0 Comments