Looking For Anything Specific?

Header Ads

ड्रग्सको मुद्दामा पक्राउ परेका कोहलीलाई १४ दिन हिरासतमा राख्न आदेश

बलिउड कलाकार अरमान कोेहलीलाई ड्रग्सको मुद्दामा मुम्बइको एक अदालतले १४ दिनको लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । अरमानको साथमा ड्रग्स भेटिएपछि उनलाई नारकोटिक्स कन्ट्रोल ब्यूरोले गिरफ्तार गरेको थियो । प्रहरीले कोहलीको घरमा छापा मार्दा १.२ ग्राम कोकीन भेटिएको थियो । कोेहलीको बैङ्क ब्यालेन्सको पनि छानबिन गरिने बताइएको छ ।

अरमान कोेहली, ड्रग पेडलर अजय राजूलाई समेत पक्राउ गरेपछि प्रहरीले उनीहरुको सम्बन्ध अन्तरराष्ट्रिय ड्रग सिन्डिकेट तथा प्रोस्टिट्यूशन र्याकेटसँग पनि रहेको फेला पारेको छ ।

प्रहरीले उनीहरुविच ड्रग्स खरिदको बिषयमा भएको कुराकानी समेत बरामद गरेको छ ।



source https://www.onlinekhabar.com/2021/09/1007568

Post a Comment

0 Comments