११ असोज, काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ ।
ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंकै आँकाशमा होल्ड भएको छ ।
काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको हो ।
जहाज आकस्मिक रुपमा अवतरण गराउनु पर्ने भएकोले अहिले विमानस्थलमा तयारी थालिएको छ । बारुणयन्त्र र एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।
जहाज काठमाडौंबाट बिहान विराटनगर उडेको थियो ।
source https://www.onlinekhabar.com/2021/09/1018913
0 Comments