Looking For Anything Specific?

Header Ads

हिमालय टेलिभिजनबाट ‘गोलमाल’को प्रशारण सुरु

 

पछिल्लो समय चर्चामा रहेको हाँस्य कमेडी सिरियल ‘गोलमाल’ भदौ १६ गते बुधबारदेखि हिमालय टेलिभिजनबाट प्रशारण हुन थालेको छ । बिगत तीन बर्ष देखि नेपाल टेलिभिजन मार्फत प्रशारण हुँदै आएको लोकप्रिय टेलिसिरियल गोलमाल पछिल्लो समय युवापुस्ता माझ निकै लोकप्रिय सिरियलको रुपमा स्थापित भ​एको थियो।

समाजमा हुने गरेका बिबिध बिषयलाई समेटेर दर्शक माझ सन्देशमुलक रुपमा प्रस्तुत हुने यो सिरियल नेपाल टेलिभिजनसँगको सम्झौता सकिएपश्चात हिमालय टेलिभिजनबाट प्रशारण सुरु गरिएको सिरियलका निर्माता पर्शुराम रिजालले जानकारी दिए। उनले, नेपाल टेलिभिजनबाट प्रशारण हुने सिरियलको बिषयमा टेलिभिजनले आफ्नो कार्यक्रमको रुपमा मुल्याकंन नगरेको, कार्यक्रम निर्माणको बिषयमा निर्माता र सर्जकसँगको समस्यामा चासो नलिएको साथै बिज्ञापन एजेन्सीको भरमा छोडेको कारण कार्यक्रम निर्माणमा असुबिधा भ​एको भन्दै गुनासो व्यक्त गरे।

नेत्र राउतको लेखन तथा निर्देशन रहेको यो सिरियलमा शिवहरी आचार्य​, बिनोद राई(घ्याम्पे), पवन खतिवडा (म्याकुरी), नविना सिलवाल (खुईली), दिवाकर घिमिरे, नवराज थापा, मुस्कान लामा लगायतका कलाकारको अभिनय छ । कार्यक्रमको निर्माण भाईब्स क्रियसन मार्फत भ​एको हो।



source https://www.onlinekhabar.com/2021/09/1007571

Post a Comment

0 Comments