Looking For Anything Specific?

Header Ads

अंकितको ‘सङ अफ दि क्लाउड’ले इटलीमा जित्यो पुरस्कार

अंकित पौडेलको निर्देशनमा तयार भएको ‘सङ अफ दि क्लाउड’ नामक चलचित्रले इटलीमा आयोजित ‘एसोलो आर्ट फिल्म फेस्टिभल’मा पुरस्कार जितेको छ । मृत्युपछिको जीवनलाई कल्पना गरि तयार पारिएको यो चलचित्रले आर्ट फिल्म विधातर्फ पुरस्कार जितेको हो । विजेता बनेको चलचित्रलाई ५ सय यूरो पुरस्कार प्रदान गरिएको छ ।

अंकित निर्देशित चलचित्र जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । त्यसयता यो चलचित्र अटलान्टा फिल्म फेस्टिभल, पामस्प्रिङ इन्टरनेसनल सर्ट फेस्ट, दि नर्वेजियन सर्ट फिल्म फेस्टिभल, डोकु फेस्ट आदि फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ । फिल्मले वल्र्ड फेस्ट हस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा ब्रन्ज रेमी अवार्ड पनि जितिसकेको छ ।

अंकितले नेपालको अस्कर कलेजबाट चलचित्र निर्माणमा स्नातक गरेका थिए । छायांकारको रुपमा २० भन्दा बढी प्रोजेक्टमा काम गरेका अंकितको ‘सङ अफ दि क्लाउड’ डेब्यु फिल्म हो ।



source https://www.onlinekhabar.com/2020/07/884916

Post a Comment

0 Comments