Looking For Anything Specific?

Header Ads

चितवन १ बाट कांग्रेसले सिफारिस गर्‍यो स्वर्णिम वाग्लेसहित ६ जनाको नाम

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्री सभापति किरण भूषण ओलीले स्वर्णिम वाग्लेसहित ६ जनाको नाम समान हैसियत भनी सिफारिस गरेको जानकारी दिए ।

‘पहिलो नम्बरमा भएको पहिलो प्राथमिकता र छैठौं नम्बरमा सिफारिस कम प्राथमिकता दिएको भन्ने होइन। उम्मेदवार हुन आवेदन दिएको आधारमा पहिलो दर्ता गर्ने पहिलो क्रम अनुसार नाम सिफारिस गरेको छु’ सभापति ओलीले भने, ‘सबै उम्मेदवार समान हैसियतको भनि सिफारिस पत्रमै लेखेको छु ।’

सिफारिस हुनेहरूमा क्रमश: राजेन्द्र बुर्लाकोटी, भीमप्रसाद थपलिया, उमेश श्रेष्ठ, तीर्थ खनियाँ, स्वर्णिम वाग्ले र विश्व पौडेल रहेका छन्  ।

उम्मेदवार बन्न क्षेत्री समितिमा दिएको आवेदनका आधारमा उनीहरूको नाम सिफारिस गरिएको सभापति ओलीको भनाइ छ ।



source https://www.onlinekhabar.com/2022/09/1184953

Post a Comment

0 Comments