७ असोज, काठमाडौं ।आज पनि मौसम बदली भएको छ । मौसम आंशिकदेखि सामान्य बदली भएकोले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
source https://www.onlinekhabar.com/2022/09/1195550
0 Comments