१२ जेठ, काठमाडौं । रौतहटको गरुडा नगरपालिकामा एमाले विजयी भएको छ ।
नगरपालिकाको मेयरमा एमालेका कन्थमतीप्रसाद कलवार निर्वाचित भएका छन् । कलवारले ४५६५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका बृज किशोर प्रसाद यादवले ४५२६ मत पाए ।
तेस्रो भएका जनता समाजवादीका अनिलकुमार यादवले ३३५१ र चौथो भएका माओवादीका सुरेन्द्रकुमार जयसवालले ३२२५ मत पाएका छन् । यस्तै, लोकतान्त्रिक समाजवादीका दिपक यादवले १०६३ मत पाए ।
उपमेयरमा भने कांग्रेसकी पुनमकुमारी चौधरी ६७०३ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी विन्दुकुमारी देवीले ४४७७ मत ल्याइन् भने तेस्रो भएकी एकीकृत समाजवादीकी हिबजा खातुनले ४३६३ मत पाइन् । एमालेकी ज्ञानकला देवी साहले २५३९ र मावादीकी सकिला खातुनले २४८५ मत ल्याइन् ।
source https://www.onlinekhabar.com/2022/05/1133214
0 Comments