२९ वैशाख, काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई स्पष्टीकरण सोधेको छ ।
उपमहासचिव गुरुङले मौन अवधिमा आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।
एमाले उम्मेदवारलाई मत दिएर जिताउन आफ्नो एकाउन्टबाट बुधबार बिहान ८ : १० बजे भिडियो पोष्ट गरी आचारसंहिता विपरीत अपिल गरेको विषयमा आयोगले गुरुङलाई स्पष्टीकरण सोधेको हो ।
आयोगले गुरुङलाई सोधिएको स्पष्टीकरणमा प्रश्न गरिएको छ, ‘यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उलंघन भएकाले किन कारबाही गर्नु नपर्ने हो ?’
source https://www.onlinekhabar.com/2022/05/1124230
0 Comments