Looking For Anything Specific?

Header Ads

क्रिकेटर विनोद र सोनीकाको इनगेजमेन्ट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी र सञ्चारकर्मी सोनीका अर्याल विवाह बन्धनमा बाँधिने भएका छन् ।

लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएका भण्डारी र अर्यालले बुधबार काठमाडौंमा ‘इनगेजमेन्ट’ अर्थात टिकाटालो गरेका छन् । कार्यक्रममा दुवैतर्फका परिवार उपस्थित थिए ।

आउने दशैँमा विवाह गरिने अर्यालले जानकारी दिइन् ।

हिमालय टेलिभिजनमा पाँच वर्षअघि ‘क्रिकेट एण्ड मोर’ कार्यक्रम चलाउँदादेखि नै दुई जनाबीचको प्रेम सम्बन्ध सुरु भएको थियो ।

सन् २००९ को एसीसी टि-२० बाट नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका बिनोद नेपाली टिममा हाल नियमित विकेटकिपर ब्याट्सम्यान हुन् ।

सञ्चारकर्मी अर्याल भने हाल ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्छिन् । उनले यसअघि हिमालय टेलिभिजन र एपीवान टेलिभिजनमा काम गरेकी थिइन् ।



source https://www.onlinekhabar.com/2021/09/1017136

Post a Comment

0 Comments