Looking For Anything Specific?

Header Ads

युभेन्ट्सको पहिलो जित

काठमाडौं । युभेन्ट्सले इटालियन सिरी ए मा यस सिजनको पहिलो जित हात पारेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३-२ ले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा मोइस किन, फेडेरिको किएसा र म्याथिस डी लिग्टले गोल गरे । स्पेजियाका इम्यानुएल ग्यासी र जेनिस एन्टिस्टेले गोल गरे ।

सुरुवाती चार खेलसम्म जितविहिन रहेको रहेको युभेन्ट्सले पाँच खेल खेल्दा पहिलो जित हात पारेको हो ।  युभेन्ट्स पाँच अंक जोड्दै १२औं स्थानमा उक्लेको छ । स्पेजिया चार अंकसहित १६ औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/09/1017153

Post a Comment

0 Comments