Looking For Anything Specific?

Header Ads

निफमा ३१ देशका ६३ फिल्म प्रदर्शन हुने

नेपाल चलचित्र तथा सांकृतिक प्रतिष्ठानले हरेक बर्ष आयोजना गर्दै आएको ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ३१ देशका ६३ चलचित्र प्रदर्शन हुने भएका छन् । निफको चौथो संकरण आउँदो बर्षको वैशाख २३ गतेबाट २७ गतेसम्म काठमाण्डौमा आयोजना हुनेछ । कोरोना महामारीका कारण नेपाली चलचित्र निर्माण हुन नसकेका कारणले गर्दा नेपाली चलचित्रको उपस्थिती निफमा न्यून रहेको बताइएको छ ।

‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संकृती’को विकास गर्ने उद्देश्यसहित सुरु भएको महोत्सवमा यो बर्ष महामारीको बिषयमा बनेका चलचित्रलाई अलग्गै बिधामा प्रतिस्पर्धा गराई अवार्ड वितरण गरिने आयोजकले बताएको छ ।

कोभिडले पारेको प्रभावका बिषयमा बनेका चलचित्रलाई ५ सय अमेरिकी डलर र ट्रफी प्रदान गरिनेछ । यस्तै, अन्तरराष्ट्रिय प्रतिस्पर्धा अन्र्तगत उत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । यस्तै, उत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, उत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशीको बाग्मती अवार्ड पनि प्रदान गरिनेछ ।

यस्तै, नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट चलचित्रलाई नगद ५० हजार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष केपी पाठकले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।



source https://www.onlinekhabar.com/2021/02/932571

Post a Comment

0 Comments