Looking For Anything Specific?

Header Ads

कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु

१० फागुन, धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका-२ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

उनलाई यही फागुन ३ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचार भेन्टिलेटरमा राखेर हुँदै आएको थियो ।



source https://www.onlinekhabar.com/2021/02/932805

Post a Comment

0 Comments