Looking For Anything Specific?

Header Ads

मालापोत कार्यालय बाराका निमित्त प्रमुख ६ लाख घुससहित पक्राउ

८ फागुन, वीरगञ्ज । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानुन व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख अमलेखगञ्जस्थित जग्गा होटलबाट ६ लाख घुस रकमसहित दुवैजनालाई पक्राउ गरेको हो ।

‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाइ फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने भन्दै उनले सेवाग्राहीसँग रकम माग गरेको उजुरी अख्तियारमा परेको थियो ।

अख्तियारको टोलीले सेवाग्राहीसँग ६ लाख रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा रकमसहित उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद सिलवालले जानकारी दिए ।

शुक्रबार नियन्त्रणमा लिएका उनीहरुलाई अख्तियारले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको छ ।



source https://www.onlinekhabar.com/2021/02/932463

Post a Comment

0 Comments