Looking For Anything Specific?

Header Ads

स्पेनिश भाषा सिकाउने पुस्तक ‘ओला नमस्ते’

बार्सिलोना। स्पेनमा स्पेनिश भाषा सिकाउने पुस्तक ‘ओला नमस्ते’ विमोचन गरिएको छ । कास्की आदर्श समाज स्पेनको आइतबार भएको भर्चुअलरुपमा साधारणसभामा पुस्तकको विमोचन गरिएको हो ।

‘स्पेन आउने बित्तिकै सबैभन्दा ठूलो चुनौती भाषाको नै रहन्छ। सहज ढंगले स्पेनिश भाषा सिक्न मद्दत पुगोस् भनेर नै ‘ओला/नमस्ते ’ पुस्तक निकालेका हौं,’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै कास्की आर्दश समाज स्पेनका अध्यक्ष बलबहादुर कार्कीले बताए।

स्पेनिश भाषा सिक्न सजिलो होस् भनेर विशेष गरी रेसिडेन्सी/पेपर नहुने नेपालीहरुलाई नि:शुल्क उपलब्ध गराउने योजना बनाएको उनले बताए । भाषा अध्ययनमा केही आयाम थपियोस् र भाषामा ठेस नलागोस भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको उनको भनाइ छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै समाजका केन्द्रीय अध्यक्ष गोविन्द पौडेलले समाजका गतिविधिहरु प्रशंसनीय रहेको भन्दै प्रवासमा संगठित अन्य संस्थाहरुले पनि सिक्नुपर्नेमा जोड दिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अभियन्तालगायत स्पेनस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए। तर नेपाली राजदूतावास म्याड्रिडलाई निमन्त्रणा पुगे पनि कार्यक्रममा सहभागिताबारे दूतावास बेखबर नै रह्यो।

साधारणसभामा महासचिव निरज कार्कीले प्रगति विवरण र कोषाध्यक्ष देवीकुमारी भण्डारीले आर्थिक प्रतिवेदन पेस गरेकी थिइन् ।



source https://www.onlinekhabar.com/2021/02/933017

Post a Comment

0 Comments