Looking For Anything Specific?

Header Ads

कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-नेपाल समूहका कार्यकर्ता पक्राउ (फोटो फिचर)

२२ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा प्रचण्ड-माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेता अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ ।

कलंकीबाट नेता शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता- कार्यकर्तासहित प्रहरीले शाक्यलाई नियन्त्रणमा लिएको हो ।

हड्ताल सफल बनाउन शाक्यसहितका नेता-कार्यकर्ताहरु सडकमा आएकाबेला पक्राउ परेका हुन् ।

प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।

तस्वीर : आर्यन धिमाल



source https://www.onlinekhabar.com/2021/02/928750

Post a Comment

0 Comments