Looking For Anything Specific?

Header Ads

जोशीसहितका नेतालाई पार्टीबाट निस्कासन गर्नु दुर्भाग्य : कोइराला

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वमन्त्री गोविन्दराज जोशीलगायतका नेताहरुलाई पार्टीबाट निस्कासन गरिनु दुर्भाग्य भनेका छन् ।

आधारहीन र मनगढन्ते तर्क अगाडि जोशीसहितका नेताहरुलाई पार्टीबाट निस्कासन गरिएको कोइरालाको भनाइ छ ।

कांग्रेसको अनुशासन समितिले शनिबार तनहुँका जोशी, कैलालीका महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो । उनीहरुले गत चुनावमा पार्टीलाई असहयोग गरेको आरोप छ ।

तीन नेतालाई निस्कासन गर्ने निर्णयप्रति असन्तुष्ट नेता कोइरालाले फेसबुकमा लेखेका छन्, ‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं । यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ? आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो ।’

जोशी, ओझा र विष्टले पार्टी र लोकतन्त्रका पक्षमा बगाएको रगत-पसिनाको अवमूल्यन गर्ने काम भएको कोइरालाको भनाइ छ ।



source https://www.onlinekhabar.com/2020/07/884628

Post a Comment

0 Comments