Looking For Anything Specific?

Header Ads

बिहेमा एउटा पास लिएर दुई वटा गाडी लैजाँदै हुनुहुन्छ ? प्रहरीले समात्ला !

१८ असार, झापा । सिराहाका रोहित यादव दुलही लैजान बुधबार दुई वटा गाडीमा झापा आए । तर, उनीसँग प्रशासनले दिएको एउटा मात्र सवारी पास थियो ।

बेहुलीको घर पुग्न करिब ४१ किलोमिटर वर इलाका प्रहरी कार्यालय, झिलझिलेले ना १ ज ८८८५ नम्बरको माइक्रोलाई रोक्यो । त्यसअघि कतै पनि उनीहरुलाई रोकिएको थिएन ।

यादवका अनुसार उनको विवाहको साइत राति सवा ९ बजे थियो । तर, प्रहरीले १० बजेसम्म रोकेर राखेको उनको गुनासो छ । प्रहरीले व्यवहारिकता पनि नबुझेको उनको दुःखेसो छ ।

झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइराला भने दुई वटा सवारीसाधनमध्ये पास नभएको गाडी मात्र रोकिएको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘पास भएको गाडीलाई लैजानुभन्दा पनि उहाँहरुले मान्नु भएन, व्यवहारिकता हेरेरै हामीले सिराहातिरै नफर्काएका हौं ।’

‘सिराहाबाट आउँदा धेरै जिल्ला पार गरेर आउँछन्, राज्यको नीति भनेको पासविना आउनेलाई रोक्ने भन्ने नै हो’, कोइरालाले थपे, ‘एउटा पास लिएर प्रहरीलाई झुक्याउँछु भनेर हिँड्न मिल्दैन ।’



source https://www.onlinekhabar.com/2020/07/878205

Post a Comment

0 Comments