Looking For Anything Specific?

Header Ads

कुटपिटबाट मृत्यु प्रकरणको छानविनमा पूर्ण सहयोग गर्छौं : सेना

९ साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको कुटपिटबाट युवकको मृत्यु भएको विषयमा आन्तरिक छानविन सुरु भएको छ ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक छानविन थालिएको जनाएको हो ।

यसमा विषयमा अधिकार प्राप्त सरकारी निकायले गरी रहेको विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने पनि सेनाले भनेको छ । साथै, नेपाली सेना, सरकारको कार्यदेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ ।

बिहीबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएका राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटपिटबाट नै मृत्यु भएको परिवारको दाबी छ । राजकुमारका बुबा विष्णुलाले घटनाको छानविन गर्न र दोषीलाई सजाय दिन भाग गरेका छन् ।

सेनाको कुटपिटपछि घर आएका चपाङ विरामी भएपछि अस्पताल लगिएको परिवारले जनाएको छ ।

यो पनि पढ्नुहोस सेनाले नियन्त्रणमा लिएर कुटपिट गरेका युवकको मृत्यु



source https://www.onlinekhabar.com/2020/07/884201

Post a Comment

0 Comments