Looking For Anything Specific?

Header Ads

आक्रमणकारीको बयान– रक्सी भनेर हानेको थिएँ, एसिड रहेछ (भिडियो)

९ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड हान्ने भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको बयान दिएका छन् ।

साथै, साहु रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमले उनलाई राति नै भारततिर जान भनेको पनि मुन्नाले खुलासा गरेका छन् ।

तर, महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको द्रुत एक्सनका कारण मुन्ना बिहीबार राति ११ बजे पक्राउ परेका छन् । घटनास्थल नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले मुन्नालाई पक्राउ गरेको हो ।

साहु मोहम्मदले पनि अभियोग स्वीकारेका छन् । आक्रमणमा परेकी २२ वर्षीय युवती पवित्रा कार्कीले आफूसँग प्रेम नगरेको आरोप उनको छ । तर, पीडित युवतीले भने उनी आफ्नो अभिभावक जस्तो भएको बयान दिएकी छन् ।

कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीले प्रहरीसँग भनेकी छन्, ‘उनले यस्तो गर्लान् भन्ने मलाई एकरति पनि विश्वास थिएन ।’ प्रहरीले पनि प्रारम्भमा उनका प्रेमीलाई समेत शंकाको दायरामा राखेर अनुसन्धान गरे पनि फुटेजको आधारमा मुन्ना पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भन्छन्, ‘हात डढेको देखेपछि उनले नै एसिड हानेको एकिन भयो ।’ अनुसन्धान अधिकृतहरुका अनुसार एक क्यासिनोमा काम गरेका बेला मोहम्मदसँग युवतीको चिनजान भएको थियो ।

मुन्ना भन्छन् – रक्सी भनेर हानेँ

पक्राउ परेपछि मुन्नाले प्रहरीसँग प्रारम्भिक बयान दिएका छन् । जसमा उनले साहुको निर्देशन बमोजिम एसिड हानेको भनेका छन् ।

उनीले अगाडि भनेका छन् –

मलाई धेरै कुरा थाहा थिएन । दारुको बोतलमा दियो । देखेपछि मलाई यस्तो रहेछ भन्ने थाहा भयो । साहुजीलाई दिएँ, त्यसपछि गाउँ जान भन्यो ।

साहुजीले यसरी फ्याकेर आइज भनेको थियो । मलाई लाग्यो, यो रक्सी हो । म पढे लेखेको थिइन, त्यसैले थाहा हुने कुरै भएन । जब हातमा परेर पोल्यो, त्यसपछि यो के चिज हो भन्ने भयो ।

उत्रेर आएपछि साहुजीले भनेपछि नजिकबाट फ्याकेको थिएँ । त्यसपछि साहुले मलाई मोटरसाइकलमा चढाएर कारखानासम्म लगे । मलाई त्यसवापत एक रुपैयाँ पनि दिएका छैनन् ।

युवती र आक्रमणकारी । सीसी टीभी फुटेजको दृश्य ।

ट्वाइलेट सफा गर्ने एसिड

अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार उनीहरुले ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड युवतीलाई छ्यापेको खुलेको छ ।

बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी युवतीलाई मुन्नाले एसिड छ्यापेका थिए । ‘पिसाब फेर्न बसे जसरी अर्कोपट्टि फर्किएका मुन्नाले युवती आउनेवित्तिकै एसिड छ्यापेका थिए’, अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन् ।

युवतीले सीसी टीभी फुटेजमा देखिएका व्यक्तिलाई चिनेकी थिइनन् । तर, अनुसन्धान गर्दै जाँदा उनका साहु पनि कार्की परिवारका व्यक्तिले चिनेको भएको खुलेको थियो ।



source https://www.onlinekhabar.com/2020/07/884171

Post a Comment

0 Comments