९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सारिएको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल समूहका उद्योगी–व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् ।
बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले आगामी २६ र २७ गतेका लागि तोकिएको निर्वाचन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेद्वार किशोर प्रधान पक्षका उम्मेद्वारहरुले पराजय हुने डरले निर्वाचन सारेको ढकाल पक्षको आरोप छ ।
यो पनि पढ्नुहोस उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चित !
प्रधान पक्षका उद्योगी–व्यवसायीहरुले भने कोरोना त्रास बाँकी रहेका कारण निर्वाचनको समय सार्नु परेको प्रतिक्रिया दिएका छन् ।
चुनाव सार्ने निर्णय कार्यसमिति बैठकले गर्नु पर्नेमा पदाधिकारी बैठकले गरिनु गलत भएको ढकाल समूहका एक नेताले बताए । पदाधिकारी बैठकले गलत निर्णय गरेको भन्दै उक्त समूहले आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने भएको छ ।
source https://www.onlinekhabar.com/2020/07/884225
0 Comments