Looking For Anything Specific?

Header Ads

फ्रेन्च ओपन टेनिस प्रतियोगिता दर्शकहरुको उपस्थितिमा हुने, टिकट बिक्री ९ जुलाईदेखि

१९ असार, काठमाडौं । फ्रेन्च ओपन टेनिस प्रतियोगिता दर्शकहरुको उपस्थितिमा हुने भएको छ । फ्रेन्च टेनिस फेडरेशनले विज्ञप्ति जारी गरी दर्शकहरुको उपस्थितिमा खेल हुने जानकारी दिएको हो ।

टुर्नामेन्टको वेबसाइटमा राखिएको एक विज्ञप्तिमा लेखिएअनुसार टिकटको बिक्री ९ जुलाइदेखि सुरु हुने छ । दर्शकहरुलाई चार–चार जनाको समूह बनाएर राखिने छ र हरेक समूहबीच एक सिट खालि राखिने छ ।

समाचार एजेन्सी एएफपीका अनुसार फ्रेन्च ओपन टेनिस प्रतियोगिता हेर्न हरेक दिन २० हजार दर्शक आउने अनुमान गरिएको छ । फ्रेन्च ओपन टेनिस प्रतियोगिताका खेल आगामी २७ सेप्टेम्बरदेखि ११ अक्टुबरसम्म हुने छन् ।



source https://www.onlinekhabar.com/2020/07/878496

Post a Comment

0 Comments