Looking For Anything Specific?

Header Ads

डिजिलट प्लेटफर्ममा सुशान्तको ‘दिल बेचरा’को नयाँ रेकर्ड

बिहिबार बेलुकी डिजिटल प्लेटफर्ममा रिलिज भएको नायक सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचरा’ले नयाँ रेकर्ड राखेको छ । यो चलचित्रलाई २४ घन्टा भन्दा कम समयमा ७ करोड ५० लाख भन्दा बढी भ्यूज मिलेको छ । यो कुनै पनि भारतीय चलचित्रलाई डिजिटल प्लेटफर्ममा मिलेको सर्वाधिक धेरै भ्यूज हो ।

लभ स्टोरी कथामा बनेको यो चलचित्रको ट्रेलरले पनि युटुबमा नयाँ रेकर्ड राखेको थियो । यो चलचित्रको ट्रेलरलाई युटुबमा १ करोड भन्दा बढी लाइक्स मिलेको छ ।

यो चलचित्रमा सुशान्त सिंह राजपुत, सन्जना साँघी लगायतका कलाकारको अभिनय छ । मुकेश छावराको निर्देशनमा तयार भएको यो चलचित्रलाई दर्शकले अत्याधिक रुचाएका छन् । ए आर रहमानको संगीत रहेको चलचित्रलाई हटस्टारमा रिलिज गरिएको हो ।



source https://www.onlinekhabar.com/2020/07/884655

Post a Comment

0 Comments