Looking For Anything Specific?

Header Ads

पहिरोले गोर्खाको नौली खोला थुनियो, जोखिममा परेकालाई सुरक्षित स्थानमा सारियो

१० साउन, गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा पहिरो जाँदा नौली खोला थुनिएको छ ।

शुक्रबार रातिबाट माथिल्लो चिंगार डाँडा नै खसेर खोला थुनिएको स्थानीय बिरवल गुरुङले बताए । ‘हिजो बेलुकी सात बजेदेखि पहिरो खस्न शुरु गरेको हो,’ उनले भने, ‘माथि डाँडाबाट खसेको पहिरो गएर खोलामा थुप्रियो, राति दश बजेतिर लापु गाउँको मापु भन्ने ठाउँमा खोला नै थुनियो ।’ अहिले पनि पहिरो नरोकिएको उनले जानकारी दिए ।

खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा रहेको उनले बताए । ‘अहिले खोला पुरै थुनिएको छ, बाँध फुट्यो भने लापुबेसीलाई पनि खतरा छ,’ उनले भने ।

जोखिम वस्तीका स्थानीयलाई सुरक्षित स्थानमा लगेर राखिएको वडाध्यक्ष सूर्यमान गुरुङले बताए । ‘पहिरो अझै रोकिएको छैन, माथि दुई वटा ठुला ढुङ्गा छन् त्यो खस्यो भने झन् खतरा छ,’ उनले भने । पहिरोका कारण मापुडाँडामा रहेको गोठ पनि भत्किएको र चार वटा गाई समेत वेपत्ता भएको उनले जानकारी दिए ।

उक्त क्षेत्रमा सेना र प्रहरीको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘सुरक्षा टोली जाँदै छन्, त्यहाँको अवस्था हेरेपछि कसरी खोल्न सकिन्छ त्यहीअनुसार हामी अघि बढ्छौ,’ उनले भने ।



source https://www.onlinekhabar.com/2020/07/884451

Post a Comment

0 Comments