२४ भदौ, काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले नेपालका कानुन मान्ने र सबै कुराको सामना गर्ने बताएका छन् ।
आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि उनले बताएका छन् । लामिछानेले ट्वीट गर्दै सो कुरा बताएका हुन् ।
उनले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् ।
हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ । पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।
त्यसअघि उनले क्यानलाई कानुनी सहायताका लागि आग्रह गरेका थिए ।
source https://www.onlinekhabar.com/2022/09/1188140
0 Comments