Looking For Anything Specific?

Header Ads

म्यानचेष्टर युनाइटेडको सहज जित

पु२० वैशाख, काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा सोमबारती राती ब्रेन्टफोर्डलाई ३-० ले पराजित गरेको छ । अन्तरिम प्रशिक्षक राल्फ राङनिकको प्रशिक्षणको अन्तिम घरेलु खेलमा म्यानचेस्टर युनाइटेडले सबैभन्दा ठूलो जीत हासिल गरेको हो ।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले खेलको नवौं, क्रिस्टियानो रोनाल्डोले ६१औं र राफेल भरानले ७२औं मिनेटमा गोल गरे ।

घरेलु मैदानमा खेलको नवौं मिनेटमा फर्नान्डेसले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

जितपछि ३६ खेलबाट ५८ अंक जोडेको युनाइटेड स्थानमा छ । ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंकसहित १४ औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2022/05/1119794

Post a Comment

0 Comments