Looking For Anything Specific?

Header Ads

रोनाल्डोले युनाइटेडलाई हारबाट जोगाए

१७ कात्तिक, काठमाडौं । इन्जुरी टाइममा गोल गर्दै क्रिष्टियानो रोनाल्डोले म्यानचेष्टर युनाइटेडलाई हारबाट जोगाएका छन् ।

च्याम्पियन्स लिगमा मंगलबार राति भएको खेलमा रोनाल्डोको दुई गोल मद्दतमा युनाइटेडले एटलान्टासँग २–२ को बराबरी खेलेको छ ।

घरेलु मैदानमा भएको खेलमा एटलान्टाले १२औं मिनेटमा इलिचिचको गोलबाट अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी टाइममा रोनाल्डोले बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुमै फेरि एटलान्टाले अग्रता लियो । उसका लागि जापाटाले गोल गरेका थिए । तर यो पटक पनि रोनाल्डोले इन्जुरी टाइममा गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका छन् ।

बराबरीसँगै युनाइटेड ४ खेलबाट ७ अंकका साथ समूह एफको शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानमा रहेको भिल्लारियलको ७ अंक नै छ भने एटलान्टा ५ अंकसहित तेस्रो र योङ ब्वाइज ३ अंकसहित पुछारमा छ ।



source https://www.onlinekhabar.com/2021/11/1033920

Post a Comment

0 Comments